|
क्र.सं
|
सेवाको विवरण
|
आवश्यक कागजात/ प्रमाणहरु
|
लाग्ने समय
|
लाग्ने शुल्क
|
जिम्मेवार कर्मचारी/शाखा
|
गुनासो सुन्ने अधिकारी
|
कैफियत
|
|
1.
|
वंशजको आधारमा
नयाँ नागरिकता
|
- नागरिकता बनाउने मितिको दिनसम्म १६ वर्ष उमेर पुरा भएको हुनुपर्ने,
- सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भएको नियमावलीको अनुसुची १ बमोजिमको फोटो समेत प्रमाणित गरेको फाराम,
- आमा र बाबुको नागरिकताको प्रमाणपत्र,
- बाबु आमाको बिवाहदर्ताको प्रमाणपत्र,
- जन्म दर्ता र शैक्षिक योग्यताको प्रमाण पत्र,
- सनाखतका लागि आफ्नो बाबु आमा बाहेक तीन पुस्ताभित्रका व्यक्ति उपस्थित भएको खण्डमा निजको नागरिकता, नाता खुल्ने कागजात र सम्बन्धित वडाबाट फोटो समेत प्रमाणित भएको नाता प्रमाणित कागजात सहित सनाखत गर्ने व्याक्ति स्वयं उपस्थित हुनुपर्ने,
- बाबु वा आमाको मृत्यु भएको अवस्थामा मृत्यु दर्ताको प्रमाणपत्र,
- दुबै कान देखिने हालसालै खिचेको सेतो पृष्ठभुमी भएको 2.5 x 3 से.मी साइजको फोटो 2 प्रति/ अनुसूची १ मा फरक पृष्ठभुमीको फोटो भएको खण्डमा ३ प्रति,
- विवाहित महिलाको हकमा पतिको नागरिकता, विवाह दर्ताको प्रमाणपत्र, माईती तर्फको बंश खुल्ने अभिभावकको नागरिकता साथै सनाखतको लागि पति/ सासु/ससुरा/जेठाजु/देवरमध्ये कुनै एकजना नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुनुपर्ने,
- बसाई/सराई भई आएको व्यक्तिको हकमा बसाईसराईको दर्ता प्रमाणपत्र,
- वडा सर्जमिन आवश्यक पर्ने भएमा वडा अध्यक्ष समेतको रोहबरमा एकाघरका बाहेक अन्य पाँच जना व्याक्तिको स्थलगत साक्षी/सर्जमिन।
|
प्रमाण/ कागजात पुगेकोमा सोहि दिन
|
रु 10 को हुलाक टिकट
|
शाखा अधिकृत, नायब सुब्बा/नागरिकता शाखा
|
कार्यालय प्रमुख
|
|
|
|
आमाको नामवाट वशजको नागरिकता प्राप्त गर्न
|
- नियमावलिको अनुसुचि 1 बमोजिमको विवरण भरि सम्बन्धित वडा कार्यालयबाट फोटो समेत प्रमाणित गरेको फाराम,
- आमाको नेपाली नागरिकताको प्रमाणपत्र र सोको प्रतिलिपी,
- जन्मदर्ता र शैक्षिक योग्यताको प्रमाणपत्र र सोको प्रतिलिपी,
- जन्म स्थान र आमासँगको नाता साथै नेपालमा जन्म भई नेपालमा नै बसोबास गर्दै आएको र निजको बुबाको पहिचान हुन नसकेको व्यहोरा सनाखत गरि सम्बन्धित स्थानिय तहले गराइदिएको सिफारिस र स्थलखत सर्जमिन मुचुल्का,
- दुबै कान देखिने हालसालै खिचेको सेतो पृष्ठभुमी भएको 2.5 x 3 से.मी साइजको फोटो 2 प्रति,
- सनाखतका लागि आफ्नो आमा बाहेक तीन पुस्ताभित्रका व्यक्ति उपस्थित भएको खण्डमा निजको नागरिकता, नाता खुल्ने कागजात र सम्बन्धित वडाबाट फोटो समेत प्रमाणित भएको नाता प्रमाणित कागजात सहित सनाखत गर्ने व्याक्ति स्वयं उपस्थित हुनुपर्ने,
- नियमावलीको अनुसुचिको 4(क) र 4(ख) बमोजिमको स्वघोषणा,
- आमाको मृत्यु भइसकेको भए मृत्युदर्ताको प्रमाणपत्र र होस ठेगाना नरहेकोमा मान्यता प्राप्त अस्पतालबाट सम्बन्धित चिकित्सकको सिफारिस पत्र।
|
प्रमाण/ कागजात पुगेकोमा सोहि दिन
|
रु 10 को हुलाक टिकट
|
शाखा अधिकृत, नायब सुब्बा/नागरिकता शाखा
|
कार्यालय प्रमुख
|
|
|
2.
|
नागरिकता प्रतिलिपि
|
- नागरिकता हराएको, च्यातिएको वा नष्ट भएको अवस्थामा
- नागरिकताको प्रमाणपत्र वितरण कार्यविधि, निर्देशिका 2063 मा उल्लेखित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पाँउ भन्ने ढाँचाको निवेदन र सम्बन्धित वडाको सिफारिस।,
- दुबै कान देखिने हालसालै खिचेको सेतो पृष्ठभुमी भएको 2.5 x 3 से.मी साइजको फोटो 2 प्रति,
- पहिले जारी भएको नागरिकता च्यातिएको वा फाटेको भएमा सोहि अवस्थाको नागरिकताको सक्कल प्रति र हराएको वा नष्ट भएको हकमा उक्त नागरिकताको प्रमाणपत्रको छाँयाप्रति वा नागरिकता नम्बर खुल्ने अन्य प्रमाणपत्र वा सोको प्रतिलिपी ।
- पति/पत्नीको नामथर र ठेगाना कायम गर्ने
- नागरिकताको प्रमाणपत्र वितरण कार्यविधि, निर्देशिका 2063 मा उल्लेखित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पाँउ भन्ने ढाँचाको निवेदन र सम्बन्धित वडाको सिफारिस।,
- पति/पत्नीको नामथर र ठेगाना समेत कायम गरिपाँउ भन्ने व्यहोराको सम्बन्धित व्याक्तिको निवेदन,
- दुबै कान देखिने हालसालै खिचेको सेतो पृष्ठभुमी भएको 2.5 x 3 से.मी साइजको फोटो 2 प्रति,
- निवेदक र निजको पति/पत्नीको नागरिकताको प्रमाणपत्र
- विवाह दर्ताको प्रमाणपत्र
- पतिको नामथर कायम गर्ने हकमा सनाखतको लागि पति/ पत्नी/ सासु/ ससुरा/ जेठाजु/ देवरमध्ये कुनै एकजना नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुनुपर्ने।
- पतिको बसाईसराई भई आएको हकमा बसाईसराईको दर्ता प्रमापत्र
- पति/पत्नीको नामथर हटाउने वा माईतिको थर र ठेगाना कायम गर्ने
- नागरिकताको प्रमाणपत्र वितरण कार्यविधि, निर्देशिका 2063 मा उल्लेखित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पाँउ भन्ने ढाँचाको निवेदन र सम्बन्धित वडाको सिफारिस,
- पतिको नामथर हटाई माईतीको थर र ठेगाना कायम गरिदिने वा पत्निको नामथर हटाइदिने व्यहोराको सम्बन्धित व्याक्तिको निवेदन,
- दुबै कान देखिने हालसालै खिचेको सेतो पृष्ठभुमी भएको 2.5 x 3 से.मी साइजको फोटो 2 प्रति,
- सम्बन्ध विच्छेद गरेको अदालतको फैसला र सम्बन्ध विच्छेद गरेको घटना दर्ता प्रमाण पत्र,
- सक्कल नागरिकता सहित आमा/ बाबु/ दाजु/ भाई/ अविवाहित दिदि/बहिनी वा सो नभए तीन पुस्ता भित्रका नाता खुल्ने नातेदारको सनाखत,
- पतिको नामथर र ठेगाना हटाई माईतिको थर र ठेगाना कायम गरि नागरिकताको प्रतिलिपि जारी गरिदिनु भन्ने सम्बन्धित वडाको सिफारिस।
- पुन : विवाह गरेको अवस्थामा हालको पतिको नामथर र ठेगाना कायम गर्ने वा पत्निको नामथर कायम गर्ने
- नागरिकताको प्रमाणपत्र वितरण कार्यविधि, निर्देशिका 2063 मा उल्लेखित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पाँउ भन्ने ढाँचाको निवेदन र सम्बन्धित वडाको सिफारिस।
- हालको पतिको नाम थर र ठेगाना कायम गरिपाँउ वा हालको पत्नीको नामथर कायम गरिपाँउ भन्ने व्यहोराको सम्बन्धित व्याक्तिको निवेदन।
- दुबै कान देखिने हालसालै खिचेको सेतो पृष्ठभुमी भएको 2.5 x 3 से.मी साइजको फोटो 2 प्रति
- पति/पत्नीको मृत्यु भएको अवस्थामा मृत्यु दर्ताको प्रमाणपत्र वा सम्बन्ध विच्छेद भएको अवस्थामा अदालतको फैसला र सम्बन्ध विच्छेद घटना दर्ता प्रमाण पत्र
- निवेदक र निवेदकको हाल कायम गर्नुपर्ने पति/पत्नीको नागरिकता प्रमाण पत्र
- हालको विवाह दर्ताको प्रमाण पत्र
- पतिको नामथर र ठेगाना कायम गर्ने हकमा सनाखतको लागि पति/ सासु/ ससुरा/ जेठाजु/ देवरमध्ये कुनै एकजना नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुनुपर्ने।
|
प्रमाण/ कागजात पुगेकोमा सोहि दिन
|
रु १३ को हुलाक टिकट
|
शाखा अधिकृत, नायब सुब्बा/नागरिकता शाखा
|
कार्यालय प्रमुख
|
|
|
३
|
मधेशी, जनजाती, दलित, खस/आर्य आदि प्रमाणित
|
- रु १० को टिकट सहित निर्धारित ढाँचाको निवेदन
- सम्वन्धित स्थानीय तहको सिफारिस
- निवेदकको नागरिकताको प्रमाणपत्र
- कुनै आधिकारिक परिषद् तथा संघ/संस्थाको सिफारिस पत्र
|
प्रमाण/ कागजात पुगेकोमा सोहि दिन
|
रु १० को हुलाक टिकट
|
शाखा अधिकृत, नायब सुब्बा/प्रशासन शाखा
|
कार्यालय प्रमुख
|
|
|
४
|
राष्ट्रिय परिचयपत्र विवरण दर्ता
|
- राष्ट्रिय परिचयपत्रको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको आधिकारिक वेभसाइट https://enrollment.donidcr.gov.np/ मा गई जैविक विवरण प्रविष्टिका लागि अनलाईन आवेदन दिनुपर्ने वा कार्यालयमा नै उपस्थित भई राष्ट्रिय परिचयपत्रको लागि अनुसुची १ बमोजिमको दरखास्त फारम भरि पेश गर्नुपर्ने,
- प्रष्ट बुझिने सक्कल नागरिकताको प्रमाण पत्र,
- राहदानी लिएको भए सोको सक्कल वा प्रष्ट बुझिने प्रतिलिपि,
- विवाहित व्याक्तिको हकमा विवाहदर्ताको सक्कल प्रमाणपत्र, पति/पत्नीको नाम कायम भएको सक्कल नागरिकता वा नाता प्रष्ट संग खुल्ने अन्य सक्कल कागजात,
- बसाई/सराई गरेकाको हकमा बसाईँ सराई दर्ताको सक्कल प्रमाणपत्र,
- एकल महिला/विदुर पुरुषको हकमा पति/पत्नीको मृत्यु दर्ताको सक्कल प्रमाणपत्र,
- सम्बन्ध बिच्छेद भएको व्याक्तिको हकमा निजको सम्बन्ध बिच्छेद घटना दर्ताको सक्कल प्रमाणपत्र वा निजको पति/पत्नीको नामथर हटाएको संसोधित नागरिकता प्रतिलिपि को सक्कल प्रमाणपत्र।
|
प्रमाण/ कागजात पुगेकोमा सोहि दिन
|
नि:शुल्क
|
शाखा अधिकृत, नायब सुब्बा विवरण दर्ता अपरेटर/
राष्ट्रिय परिचयपत्र दर्ता शाखा
|
कार्यालय प्रमुख
|
|
|
५
|
नाबालक परिचय पत्र प्राप्त गर्न
|
- नाबालिक परिचय पत्र पाँउ भनि सम्बन्धित व्याक्ति वा निजको अभिभावकको निवेदन,
- निजको जन्मदर्ता प्रमाणपत्र,
- सम्बन्धित स्थानीय तहको सिफारिस पत्र,
- आमा र बाबुको नागरिकताको प्रमाणपत्र,
- दुबै कान देखिने हालसालै खिचेको सेतो पृष्ठभुमी भएको 2.5 x 3 से.मी साइजको फोटो 2 प्रति,
- सनाखतका लागि आफ्नो बाबु आमा बाहेक तीन पुस्ताभित्रका व्यक्ति उपस्थित भएको खण्डमा निजको नागरिकता, नाता खुल्ने कागजात र सम्बन्धित वडाबाट फोटो समेत प्रमाणित भएको नाता प्रमाणित कागजात सहित सनाखत गर्ने व्याक्ति स्वयं उपस्थित हुनुपर्ने,
- उपलब्ध भएमा निजको शैक्षिक योग्यताको प्रमाणपत्र,
|
प्रमाण/ कागजात पुगेकोमा सोहि दिन
|
रु. १० को हुलाक टिकट
|
शाखा अधिकृत, नायब सुब्बा/नागरिकता शाखा
|
कार्यालय प्रमुख
|
|