कार्यालयको परिचय
जिल्लाको पुर्वी भेगको प्रशासनिक कामकाज गर्न वि.सं. २०५७ सालमा इलाका प्रशासन कार्यालय विनायकको स्थापना भएको हो । हाल यो कार्यालय पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ स्थित विनायक बजार क्षेत्रमा छ । प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम हाल जिल्लाको पुर्वी भेगका २ नगरपालिकाहरु पञ्चदेवल विनायक नगरपालिका (साविकका गा.वि.स.हरु विनायक, कालिकास्थान, कुईका साविक वडा नं. ६देखि ९ सम्म, तोली, लयाँटी,पुल्लेतोला, बारला, काँलेकाँडा), कमलबजार नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ८ (साविकका गा.वि.स.हरु वयाला, मुली, चाल्सा, कुईका वडा नं. १ देखी ५ सम्म र ढाँकु सेरा ) र २ गाउँपालिकाहरु तुर्माखाँद गाउँपालिका (साविकका गा.वि.स.हरु रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषि र धमाली) र रामारोशन गाउँपालिका वडा नं. १ देखि ६ (साविकका गा.वि.स.हरु बाटुलासैन, चाफामाण्डौ, शान्तडा, मलातिकोट, भाटाकाटियाँ र रामारोशन ) क्षेत्रका नागरिकहरुलाई सेवा दिइरहेको छ ।
यस कार्यालयले खास गरी आफ्नो कार्य क्षेत्र भित्रका नागरिकहरुलाई देहाय बमोजिम सेवा प्रदान गर्दै आएको छ -
- बाबु वा आमाको नामबाट बंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र जारी गर्ने ।
- प्रतिलिपि नागरिकता जारी गर्ने ।
- नावालक परिचय पत्र जारी गर्ने ।
- राष्ट्रिय परिचय पत्र दर्ता तथा वितरण गर्ने।
- स्थानीय तहहरुबाट सिफारिस भई आएका विविध व्यहोरा प्रमाणित गर्ने ।
- आपूर्ति व्यवस्थालाई सहज वनाई राख्न बजार अनुगमन गर्ने, कालो बजारी तथा तस्करी नियन्त्रण सम्वन्धी प्रारम्भिक कार्य गर्ने ।
- आफ्नो इलाका भित्रका सरकारी कार्यालयहरुको निरीक्षण एवं सार्वजनिक सेवा वितरण कार्य छिटो छरितो र गुणस्तरीय तुल्याउन आवश्यक सहयोग,समन्वय र सहजीकरण गर्ने ।
- शान्ति सुव्यवस्था कायम राख्न प्रमुख जिल्ला अधिकारीलाई सहयोग गर्ने ।
- इलाका भित्र पर्ने सुरक्षा निकायको काम कारवाही उपर रेखदेख, नियन्त्रण र सुपरिवेक्षण गर्ने ।
- विकास निर्माणका कार्यमा स्थानीय तहहरु लगायत सम्वद्ध पक्षको सहयोग, समन्वय र अनुगमन गर्ने ।
- गै .स.स. का काम कारवाहीका सम्वन्धमा अनुगमन, निरीक्षण, नियमन गर्ने, नवीकरण गर्ने ।
- सरकारी सम्पत्तिको रेखदेख, मर्मत सम्भार गर्न लगाउने ।
- इलाका भित्र अवैध मदिरा नियन्त्रण र नियमन सम्वन्धी कार्य गर्ने ।
- लागू औषध नियन्त्रण सम्वन्धी कार्यमा समन्वय गर्ने ।
- भैपरि आउने अन्य कार्य गर्ने ।
